धनगढी पोष्ट
बुधबार, ०६ साउन २०७८ मा प्रकाशित
धनगढी
ट्याक्टर दुर्घटना हुँदा बझाङमा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बझाङको बुङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यू हुनेमा बुङ्गल नगरपालिका वडा नं २ गीरौंका ४५ वर्षीय मान बहादुर धामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल चौधरीका अनुसार मंगलबार राती ८ बजे कालंगा हाइड्रोपावरको सुरुङ निर्माणको लागि बालुवा लोड गर्ने क्रममा से २ प २५६६ नम्बरको रोकेर राखेको ट्याक्टर अचानक गुडेपछि कालंगा हाइड्रोपावरमा मजदुरी गर्दै आएका धामी च्यापएिर घाईते भएका थिए ।
घाईते धामीलाई उपचारको लागि देउलेख प्रथामकि स्वास्थ्य केन्द्रमा लगिएको मा उपचारकै क्रममा मृत्यु भएको हो ।