धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सालोर चार्ज नहुँदा पहाडी क्षेत्रमा एक साता देखी टेलिफोन सेवा अबरुद्ध

सालोर चार्ज नहुँदा पहाडी क्षेत्रमा एक साता देखी टेलिफोन सेवा अबरुद्ध

धनगढी

लगातारको बर्षा र बदलिका कारण सोलार प्यानल चार्ज नहुँदा सुदूरपशिचम प्रदेशका पहाडी जिल्लामा टेलिफोन सेवा अबरुद्ध भएको छ ।

नेपाल टेलिकम अत्तरिया शाखाका अनुसार कैलाली लगायत प्रदेशका ९ वटै जिल्लामा विजुली नपुगेको ठाउँमा सोलार प्यानल जडान गरी ब्याट्रि मार्फित टावर चार्ज गरिंदै आएको छ ।

बादल लागेपछि सोलार प्यालन चार्ज हुन नसक्दा पहाडी क्षेत्रमा टेलिफोन सेवा अबरुद्ध हुनेगरेको नेपाल टेलिकम अत्तरिया शाखाका सूचना अधिकारी नारायण पाठकले बताए । पहाडी क्षेत्रमा अझै विद्युत विस्तार हुन सकेको छैन उनले भने–‘विजुली नभएको स्थानमा सोलार मार्फत टावरमा चार्ज गर्ने गरिएको छ, सोलार चार्ज नभएमा टावरको बिटिएस डाउन हुने गर्दछ ।

एउनले १÷२ दिन सोलार चार्ज नहुँदा ब्याट्री व्याकअपले टावर चार्ज गर्ने गरेको भएपनि धेरै दिन मौसम खराबी हुँदा ब्याट्री डाउन चार्ज सकिएर बिटिएस डाउन हुनेगरेको बताए । पहाडी क्षेत्रमा टेलिफोन सेवा पु¥याउन उच्चो स्थान (डाँडामा) टावर राख्नुपर्ने हुन्छ उनले भने–‘डाँडामा विजुली सेवा विस्तार गर्न अझै समय लागने देखिन्छ, जसका कारण यो समस्या अझै केही बर्ष दोहोरिने छ ।

लगातार बदली वा बर्षा भएमा कैलाली, कञ्चनपुर लगायत प्रदेशका ९ वटै जिल्लाका पहाडी क्षेत्रमा टावर बन्द हुने गरेको उनले बताए ।

कैलालीको मोहन्याल, चुरे लगायत पहाडी क्षेत्रमा पनि सोलारको माध्यामबाट टावर चार्ज गर्ने गरिएको छ सूचना अधिकराी पाठकले भने–‘घाम नलाग्दा कैलालीको पहाडी क्षेत्रमा बस्ने मानिस पनि टेलिफोन सेवाबाट बञ्चित हुँदै आएका छन् ।

लगातारको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक साता देखी टेलिफोन सेवा अबरुद्ध भएको छ ।