धनगढी पोष्ट
मङ्गलबार, ०९ असार २०७७ मा प्रकाशित
धनगढी
कोरोना संक्रमण देखिएका ४४ जनालाई गोदावरी नगरपालिकाले अत्तरिया स्थित दुर्गालक्ष्मी आधारभुत बिद्यालयमा रहेकोे आइसोलेसनमा राख्ने भएको छ । गोदावरी नगरपालिका वडा नं १२ मा रहेका उनीहरुलाई बुधबार बिहान ल्याएर दुर्गालक्ष्मीको क्वारेन्टिनमा राखिने गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बीर बहादुर कुवरले बताए ।
राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा मंगलबार गोदावरी नगरपालिका वार्ड नं १२ का ४३ जना र ११ का १ जनामा कोरोना सत्रंक्रमण देखिएको थियो । उनीहरु सबै १२ नम्बरमा रहेको क्वारेन्टिनमा रहेका छन् ।
यसअघि नै गोदावरी नगरपालिकामा रहेका कोरोना संक्रमित मध्य ५ जना दुर्गालक्ष्मीमै रहेको क्वारेन्टिनमा र ३१ जना चौकीडाडामा रहेको नवज्योति बिद्यालयको आइसोलेसनमा रहेका छन् ।
असार ६ गते गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ मा ६४ जनाको स्वाव संकलन गरी धनगढी प्रयोगशालामा पठाएकोमा उनीहरु मद्ये ४४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु सबै भारतबाट आएका हुन् ।
गोदावरीमा जम्मा कोरोना संक्रतिम ८१ रहेको छ ।