धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

बिहीबार सुदूरपश्चिम प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको पिसिआर परिक्षणमा ४ र एन्टिजेन परिक्षणमा ११ गरी १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार बिहीबार बैतडी अस्पताल र महाँकाली अस्पतालमा २७ जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको हो । यो संगै सुदूरपशिचम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४४ हजार ७ सय १७ पुगेको छ ।

बिहीबार प्रदेशका विभिन्न अस्पतालबाट ५१ जना संक्रमित डिस्चार्ज भएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण सिनको हुनेको संख्या ४३ हजार ८ सय ६५ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमणका कारण ५ सय ५६ जनाको मृत्यू भएको छ ।

बिहीबार भने कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।