धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

महाकाली लोकमार्ग सुचारु

महाकाली लोकमार्ग सुचारु

धनगढी

पहिरोका कारण अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ ।

लोकमार्गको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ बसालीमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो पन्छ्याएपछि लोकमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । सडक सुचारु भएसंगै सवारी साधन सञ्चालनमा आएका छन् ।