धनगढी पोष्ट शुक्रबार, २७ भदौ २०८२   September 12, 2025

सेतीको परिक्षणमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ४६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार अस्पतालमा २ सय ४८ जनाको स्वाव परिक्ष गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार शुक्रबार ५ जना संक्रमण मुक्त भएर घर गएका छन् ।