धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

उसु क्वानद्वा लम्साल र पार्कीको सम्झनामा रक्तदान

उसु क्वानद्वा लम्साल र पार्कीको सम्झनामा रक्तदान

धनगढी

शिअ उशु क्वान धनगढीका संस्थापन अध्यक्ष तथा व्यवसायी नारायण लम्साल र राष्ट्रिय खेलाडी पावल पार्कीको सम्झनामा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

शिअ उसु क्वान धनगढी७ मनेहराको आयोजनामा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा नेपाल पत्रकार महाँसंघ कैलालीका अध्यक्ष हिमाल जोशी प्रमुख अतिथी रहेका थिए ।

उनले खेल र खेलाडीको विकासका लागि राज्य गम्भिर बन्नुपर्ने बताए । खेल क्षेत्रमा लगानी गरेका व्यक्तिको स्मरण गर्नु सह्रायिन कार्य भएको अध्यक्ष जोशीले बताए ।

शिअ उसु क्वानका कार्यबहाक अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सुर्मा समाज बझाङका अध्यक्ष दिलबहादुर खाती, मनेहरा सामुदायिक बन समितिका अध्यक्ष मोति राना थारु, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष राजिब गुप्ता लगायतले स्व लम्साल र पार्कीको योगदानको चर्चा गरेका थिए ।

उसुकी राष्ट्री खेलाडी अलिसा खातीले स्वागत गरेको कार्यक्रम सञ्चालन उसु क्वानका सचिव रतन खातीले गरेका थिए ।

सो अवसरमा सहभागि अतिथीहरुले स्व लम्साल र पार्कीको तस्बिरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा स्व लम्सालकी छोरी आस्मा लम्साल र स्व. पार्कीका आमाबुबाको सहभागिता रहेको थियो ।