साउन देखीनै  बजेट कार्यान्वयन गर्न नीर्देशन

साउन देखीनै  बजेट कार्यान्वयन गर्न नीर्देशन

धनगढी

सुदूरपश्चीम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७८÷०८९ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मातहता निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रगति समिक्ष गोष्ठीमा मन्त्री सोडारीले अनुभुति हुने र देखीने गरी काम गर्न कार्यालय प्रमुख नीर्देशन दिएका हुन् ।

सोडारीले अषाढमा मात्रै बजेट खर्च गर्ने परिपार्टीको अन्त्य गर्न साउन देखिनै बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताए । बजेट खर्च मार्गदर्शन मन्त्रालयले चाडै कार्यालयहरुमा पु¥याउने मन्त्री सोडारीले बताए ।

तपाईहरु लाई तुरुन्तै अर्थमन्त्रालयले बजेट मार्गदर्शन उपलव्ध गराउँछ मन्त्री सोडारीले भने–‘त्यसको आधारमा काम अघी बढाउनुहोस्, नीतीगत समस्या भए हामी सहजिकरण गर्नेछौं । मन्त्री सोडारीले कोभिड १९ को समयमा पनी विकास बजेट कार्यन्वयन राम्रै भएको भन्दै कर्मचारीलाई धन्यवाद समेत दिए ।

मन्त्रालयका सचिव इन्द्रदेव भट्टले गत आर्थिक बर्षको प्रगति सन्तोषजन भएको भन्दै जनशक्तीको अभावका कारण शत प्रतिशत बजेट कार्यन्वयन गराउन कठीनाई भएको बताए । कार्यक्रममा ९ वटै जिल्लाका विकासे कार्यालयका प्रमुखको उपस्थिती रहेको थियो ।