धनगढी पोष्ट आइतबार, ०९ कार्तिक २०८२   October 26, 2025

सुदूरपशिचममा बढ्दै कोरोना संक्रमण थप ६६ जनामा संक्रमण

सुदूरपशिचममा बढ्दै कोरोना संक्रमण थप ६६ जनामा संक्रमण

धनगढी

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिन कोरोना संक्रमण दर बढ्नथालेको छ । एक शातायता क्रमिक रुपमा बढ्दै आएको संक्रमण दर शुक्रबार पनि बढेको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । शुक्रबार ४ सय ५० जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १० जना तथा ३ सय १८ जनाको पिसिआर परिक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण हुने नागरिकको कुल संख्या ४४ हजार ७ सय ८३ पुगेको छ । हाल सम्म कोरोना संक्रमणका कारण ५ सय ७६ जनाको मृत्यु भएको छ ।

यसैगरी शुक्रबार ४९ जना कोरोना संक्रमण निकोभएर घर गएका छन् । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या ४३ हजार ९ सय ३६ पुगेको छ ।