धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

भीमदत्त राजमार्गमा फेरी पहिरो, यातायात अबरुद्ध

भीमदत्त राजमार्गमा फेरी पहिरो, यातायात अबरुद्ध

धनगढी

भीमदत्त राजमार्गमा पहिरो जाँदा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने यातायात सेवा अबरुद्ध भएको छ ।

डडेल्धुराको गैरामा गएको पहिरोका कारण सवारी आवागमन अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरीका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो पञ्छाउने काम भइरहेको छ ।