धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन

मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन

धनगढी

शनिबार देखी मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन भएका छन् । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि भन्दै सरकारले बैशाख १६ गते देखी सवारी साधन बन्द गरेको थियो । संक्रमण न्युनीकरण भएसंगै जिल्ला भित्रका सवारी सञ्चालनको अनुमति यस अघिनै प्रशासनले दिएको थियो । शनिबार देखी भने अन्तर जिल्ला यातायातलाई सुचारु गर्न दिने सरकारले निर्णय गरेको छ ।

यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रूपमा र काम विशेषले आएका सवारीलाई सथानीय प्रशासन मार्फत जिल्लामा प्रवेश गर्न दिइने गरिएको थियो । तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइनेछन् ।

नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासनले यातायात व्यवसायीलाई अनुरोध गरिएको थियो ।

मन्त्रीपरिषद्को निर्णयानुसार शैक्षिक संस्थाले विद्यार्थी परिक्षा मिति तोकेको र लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न दिइएको हो ।

प्रशासन कार्यालयले अनिवार्यरूपमा टिकट काटेर मात्रै यात्रा गर्न यात्रुलाई अनुरोध गरेको छ । सवारी सञ्चालन गर्दा व्यवसायीले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।