धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

छाडा चौपायामा स्टिकर लगाउँदै ट्राफिक प्रहरीको

छाडा चौपायामा स्टिकर लगाउँदै ट्राफिक प्रहरीको

धनगढी

छाडा पशु चौपायका काराण सवारी दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले चौपायको घाँटीमा स्टिकर लगाउने अभियान थालेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टिव बेल्ट अभियान नाम दिएर चौपायाको घाँटीमा चम्किलो बेल्ट लगाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कैलाली यातायात प्रालिको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान थालएिको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले बताए ।

चौपायाको घाँटीमा स्टिकर लगाउँदा रातीको समयमा चम्किने र त्यसले दुर्घटना रोक्न सक्ने उनले बताए । राती सडकमा आएका चौपाया स्पष्ट नदेखिंदा धेरै दुर्घटना भएको देखिन्छ उनले भने–‘तर टाढैबाट स्टिकर चम्किदा चालकलाई आफ्नो सवारी नियन्त्रण गर्न सहज भई दुर्घटना हुन बाट जोगाउन सक्दछ ।

अभियान अन्तरगत शनिबार प्रहरीले धनगढीका सडकमा भेटिएका चौपायाको घाँटीमा बेल्ट लगाईएको ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।