धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कटक भण्डारी फाण्डेशनद्वारा रक्तदान

कटक भण्डारी फाण्डेशनद्वारा रक्तदान

धनगढी

कटक भण्डारी फाउण्डेसनद्वारा धनगढीमा आयोजित रक्तदानमा ४८ जनाले रगत दान गरेका छन् ।

फाण्डेशनको स्थापनाका अवसरमा शनिवार धनगढीमा आयोजित रक्तदानबाट उपलब्ध रगत रेडक्रसलाई बुझाइएको छ ।

कोरोना संक्रमणका कारण धेरै नागरिकले रगत दिन नमान्दा विरामीलाई समस्या भएको बुझिएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष गणेश भण्डारीले बताए ।

रक्तदान कार्यक्रममा ४८ जनाले रगत दान गरेको उनले बताए । फाउण्डेसनले आगामी दिनमा पनि सामाजिक काम गर्ने अध्यक्ष भण्डारीले बताए ।