धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेती अस्पतालमा १९ जनामा कोरोना संक्रमण पुष्टि

अस्पतालमा कोरोना संक्रमित ३५  जनाको उपचार भैरहेको  छ ।

सेती अस्पतालमा १९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  अस्पतालको प्रयोगशालामा  १ शय ३९ जनाको नमुना परिक्षण गरिएको थियो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार  अस्पतालमा कोरोना संक्रमित ३५  जनाको उपचार भैरहेको  छ । अस्पतालमा रहेका मध्य ३ जनाको आइसीयुको सहयोगमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित १० जना अस्पतालमा भर्ना भएका छन् भने कोरोना संक्रमित ३ जना निको भएर र होम आइसोलेसनमा गएका छन् ।