धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

निर्मला पन्त हत्या प्रकरण, देउवा प्रधानमन्त्री बन्दा न्याय पाउने आस

निर्मला पन्त हत्या प्रकरण, देउवा प्रधानमन्त्री बन्दा न्याय पाउने आस

धनगढी

१३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ३ बर्ष पुरा भएको छ । देश भित्र मात्र नभई विदेशमा समेत निर्मला प्रकरणले चर्चा बटुल्यो ।

दोषि पत्ता लगाउन भन्दै धेरै अनुसन्धान भए । तर तीन बर्ष सम्म निर्मला हत्या प्रकरणमा संलग्न अपराधि कानूनको कट्घेरामा आएका छैनन् ।

न्याएको आसा मारेर बसेकी निर्मलाकी आमा दुर्गा पन्तलाई ३ बर्षपछि फेरी न्याय पाइने झिनो आसा पलाएको छ । त्यो अशाको कारण हो सरकार परिवर्तन र आफ्नै ठाउँका नेता प्रधानमन्त्री बन्नु । देशका प्रधानमन्त्री अहिले हाम्रै सुदूरपश्चिमबाट बनेका छन् दुर्गा भन्छिन् अव मेरो छोरीले न्याय पाउँछन्की भन्ने आसा पलाएको छ, अघिल्लो सरकारबाट न्याएको आशानै मरिसकेको थियो ।

आफ्नै क्षेत्र (सुदूरपश्चिम) बाट प्रधानमन्त्री बनेपछि दुर्गालाई अव प्रधानमन्त्रीलाई भेटेर छोरीका लागि न्याय माग्ने इच्छा पलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा २०६४ मा सम्पन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा कञ्चनपुरबाट विजयी नेता समेत हुन् । त्यसैले पनि दुर्गाले न्याय पाउने आसा राखेकिछन् ।

उहाँ (प्रधानमन्त्री) लाई हामीले भोट दिएर जिताएका हौं दुर्गाले भनिन्–‘अहिले प्रधानमन्त्री हुनुभएको छ, पक्कै पनि उहाँले मलाई न्याय दिनुहुनेछ ।

तीन वर्षअघि आजकै दिन (१० साउन २०७५) गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला ११ साउनको बिहान स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

अघिल्लो सरकारले छोरीलाई नयाय निद सक्दैन भन्ने लाग्यो र निराश हुँदै म छोरीको सम्झनामा पिलप्त थिए दुर्गाले भनिन्–‘कांग्रेसले त्योवेला न्यायका लागि हामी संगै आवाज उठाउको थियो, अहिले त्यही कांग्रेस सरकारमा जाँदा न्याए पाइनेछ भन्नेमा म विश्वस्त छु ।

उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई काठमाण्डौंमा न्याएका लागि सहयोग गर्ने आश्वासन दिएको समेत स्मरण गरिन् । छोरीको न्याएका लागि काठमाण्डौं जाँदा देउवा ज्युले मलाई न्याए दिलाउने आस्वासन समेत दिनु भएको थियो उनले भनिन्–‘अहिलेका प्रधानमन्त्री ज्यूले मलाई भेटेरै निर्मलालाई जसरी पनि न्याय दिलाएर छाड्छौँ भन्नुभएको थियो, अहिले उहाँ नै सरकारमा हुनुहुन्छ, मैले न्याय पाउछु भन्ने आसा पलाएको छ । नभन्ने आशा पलाएको छ ।

के भन्छ प्रहरी

तीन बर्ष देखी अनुसन्धानमै रुमलिएको प्रहरी अहिले पनि घटनाको अनुसन्धान भइरहेको भन्ने प्रतिक्रियामा सीमित छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्ष (एसएपि) विक्रम चन्दका अनुसार अहिले पनि घटनाको अनुसन्धान भइरहेको छ ।

निर्मला प्रकरणमा अनुसन्धान जटिलछ एसएपि चन्द भन्छन्–‘त्यसैले अनुसन्धान पनि लम्बिएको हो, तर अपराधि पक्ता लाग्छ । निर्मला प्रकरणको अनुसन्धान गर्न अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो बाट डीएसपीको नेतृत्वको टोली संगै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली खटिरहेका उनले बताए ।

घटनाको अनुसन्धान विभिन्न कोणबाट भइरहेको छ एसएसपि चन्दले भने–‘धेरै अनुसन्धान पनि भएकोछ, एक दिन निर्मलाले न्याय पक्कै पाउनेछिन् ।

साउन १० गते साथीको घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला अबेर सम्म पनि घर  नफर्के पछि परिवारले खोजिकार्य सुरु गरेको थियो । सो दिन बालिकाको खोजिकार्यमा प्रहरीले तदारुकता नदेखाएको निर्मलाकी आमा दुर्गादेवीले आरोप लगाउँदै आएकिछन् ।

निर्मला साउन ११ गते बिहान भीमदत्त नगरपालिका१८ नजिकैको उखुबारीमा निबस्त्र्र मृत अवस्थामा फेलापरेकिथिइन् । उनको बलात्कार पछि हत्या भएको र हत्यारा साही ठाउँका दिलिप विष्ट भएको भन्दै प्रहरीले भदौ ४ गते सार्वजनिक गरेको थियो ।

तर उनलाई दोषि प्रमाणित गर्न नसकेपछि छोडिएको थियो । निर्मलालाई न्याएको माग राख्दै आन्दोलन चर्के पछि प्रहरीले आन्दोलन मत्थर पार्ने प्रयत्न गर्यो । आन्दोलन मत्थर बनाउन प्रहरीले भिडमा गोलिसमेत चलायो । निर्मलालाई न्याय माग्न गरिएको आन्दोलमा प्रहरीले गोलिचलाउँदा भीमदत्त नगरपालिका१८ का १४ बर्षे बालक सन्नी खुनाको मृत्यु भएको थियो ।

घटनाले उग्ररुप लगेपछि अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै गृह मन्त्रालयले तत्कालीन कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई  बर्खास्त गरेको थियो ।

गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जीसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरीसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई पनि निलम्बन गरेको थियो ।