धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

लघु जलविद्युतको भवन बग्दा ५ सय परिवारमा अन्धकार

लघु जलविद्युतको भवन बग्दा ५ सय परिवारमा अन्धकार

धनगढी

बझाङ जिल्लाको दुर्गम गाउँपालिकामा रहेको लघु जलबिद्यत आयोजना खोलाले बगाउँदा कम्तिमा पाँच सय परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

बिहीबार राति देखी भइरहेको अविरल बर्षाका कारण मष्टा गाउँपालिका५ मा रहेको द्वारी गाढ लघु जलविद्युत आयोजना बगेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार स्थानीय द्वारी गाढमा आएको बाढीका कारण लघु जलविद्युत बग्नुका साथै ३ जना घाइते भएका छन् । घाइते मध्य १ जना गमिभर छन् ।

१ करोड लगानीमा निर्माण गरिएको लघु जलविद्युत आयोजना बगेपछि कम्तिमा ५ सय परिवार अन्धकारमा बस्न बाध्य भएका छन्–‘उनले भने–‘जलविद्युत बगेपछि विद्यार्थीलाई अध्यापनमा धेरै समस्या भएको छ ।

बाढीले ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविद्युत आयोजना संगै खोलामा निर्माण गरिएको काठेपुल समेत बगाएको स्थानीयले जनाएका छन् ।

खोला वारपार गर्न समस्या भएपछि बगाएको काठेपुल फेरी राख्न खोज्दा बगेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा त्यही गाउँका ४२ वर्षीय नरबहादुर बोहरा, ५५ वर्षीय वडाध्यक्ष कम्मान आग्री, ६५ वर्षका रिउल्या कठायत रहेका छन् ।

दुईजनाको अवस्था सामान्य भए पनि नरबहादुर बोहराको कम्मरमा गम्भिर चोट लागेकाले थप उपचारको लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टछ सन्दीप ओखेडाले बताए ।