धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

एमाले गुण्डा दल होइनः ओली

एमाले गुण्डा दल होइनः ओली

धनगढी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले गुण्डा दल नभई देश विकास गर्ने जिम्मेवार पार्टी भएको बताएका छन् । उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको बताए ।

अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले कुनै गुण्डा दल नभई परिपक्क राजनीतिक पार्टी भएको र एमालेले मात्रै देशको मुहार फेर्न सक्ने जिकिर गरे ।

उनले देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको बताए । एमालेको पक्षमा धेरै जनसंखया हुँदाहुँदै पनि केही मानिसले आफूविरूद्ध मुख छाडेर अनेक लेखिने छोडेका छैनन् उनले भने–‘ ‘केपी ओलीलाई मुख छाडेर कसैले जीविका चलाउँछ भने म खुसी नै हुन्छु ।

उनले पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनुपर्ने पनि बताए । पार्टीलाई ध्वस्त पार्न खोज्नेबाट जोगाउनु पर्ने उनको भनाइ थियो । स्वार्थको किनबेचबाट भन्दा पनि विचार र सिद्धान्तमा केन्द्रित भई अनुशासनमा बाँधिएको अग्रगामी शक्ति एमाले भएको उनले बताए ।

उनले प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर आफ्नै सरकार ढाल्ने, पार्टी फुटाएर सजिलो बनाइदिएका घटना पनि आफूहरूले देखिरहेको ओलीको भनाइ छ ।

उनले पार्टीको पक्षमा उभिन पनि आग्रह गरेका छन् । बाटो बिराएर गएकालाई फर्केर आउन उनले आग्रह गरेका छन् ।