धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

मन्दिरको सुन चोर्ने र किन्ने ७ महिना पछि पक्राउ

मन्दिरको सुन चोर्ने र किन्ने ७ महिना पछि पक्राउ

धनगढी

बैतडीको दोगडा केदार गाउँपालिका१ मा रहेको लाटिनाथ मन्दिरको सुन चोर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्दिरको ९ तोला सुन चार्ने ४ जनाल र सुन किन्ने १ जनालाई प्रहरीले शनिबार सार्बजनिक गरेको हो । मन्दिरको भण्डार घर तोडेर गत पुसमा सुन चोरी भएपनि चैतमा मात्रै सोकुरा जानकारी भएको थियो ।

सुन चोरी भएको जानकारी आएपछि अनुसन्धान थालेको प्रहरीले स्थानीय धनबहादुर कार्की, लालबहादुर कार्की, केशव सार्की र हरिकृष्ण सार्कीलाई पक्राउ गरेको हो ।

यसैगरी चोरी भएको सुन किनेको अभियोगमा दार्चुलाको शैल्यशिखर ९ गोकुले सुनचाँदी व्यवसायी भुवनसिंह शाहुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

उनका अनुसार चोरी गरिएको ९ तोला मध्य पौने ४ तोला सुन भुवनसिंह शाहुले किनेका थिए । सुन किन्नेमा अन्य व्यापारीको पनि संलगनता रहेको प्रहरी निरिक्षक शाहीले बताउँछन् ।

बाँकी सुन बैतडीकै व्यवसायीले किनेको देखिन्छ प्रहरी निरिक्षक शाहीले भने–‘सुन किन्ने अरु व्यवसायीलाई पनि केहिदिनमै पक्राउ गरिने छ । बिना  बिल सुन खरीद गर्न नपाइने भएपनि साहुले मन्दिरको लुटेको सुन खरीद गरेको पुष्टि भएको छ ।

मन्दिरका पूजारी नैनराम सार्कीले गत चैतमा मात्रै मन्दिरको सुन लुटिएको बारेमा थाहा पाएका थिए । मन्दिरमा ९ तोला सुन रहेको  र उनीहरुले भण्डार घरको ढोका फोडेर सुन लुटेको प्रहरी निरिक्षक शाहीले बताए ।

प्रहरी निरिक्षक शाहीका अनुसार ४ जनामाथि चोरी मुद्दा दर्ता भएर थप अनुसन्धान थालिएको छ ।