धनगढी पोष्ट बिहिबार, २६ भदौ २०८२   September 11, 2025

सुदूरपश्चिमका थप २७ जनामा संक्रमण पुष्टि, २४ जना संक्रमण मुक्त

सुदूरपश्चिमका थप २७ जनामा संक्रमण पुष्टि, २४ जना संक्रमण मुक्त

धनगढी

सुदूरपश्चिम प्रदेशका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार आईतबार गरिएको ४ सय ८३ जनाको एन्टिजेन परिक्षणमा १३ र ४१ जनाको पिसिआर परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४४ हजार ८ सय ३६ पुगेको छ । संक्रमित मध्य ४४ हजार ११ जना संक्रमण मुक्त भएका छन् ।

निर्देशनालयका अनुसार आइतबार प्रदेशका विभिन्न अस्पतामा उपचार गराइरहेका २४ जना संक्रमण मुक्त भएर घर गएका छन् । हाल सम्म कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा ५ सय ७६ जनाको मृत्यु भएको छ । आइतबार संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य छ ।