धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
बैतडी मन्दिर सुन चोरी प्रकरण

सुन किनेको आरोपमा थप २ जना पक्राउ

सुन किनेको आरोपमा थप २ जना पक्राउ

धनगढी

बैतडीको दोगडा केदार गाउँपालिका१ स्थित लाटिनाथ मन्दिरबाट चोरी भएको सुन किनेको आरोपमा थप २ जना पक्राउ परेका छन् । प्रहरीले शुक्रबार सुन चोरी गर्ने ४ जना र किन्ने १ जनालाई सार्वजनिक गरेको थियो ।

इलाका प्रहरी कार्यालय पाटन बैतडीका अनुसार पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका सुनचाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल रहेका छन् ।

प्रहरीले यसअघि चोरिको सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहु सतिह सुन चोरी गर्ने ४ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ४ जनाबाट पौने ४ किलो सुन समेत बरामद गरिएकमो इलाका प्रहरी कार्यालय पाटनका क्ष्न्चार्ज प्रहरी निरिक्षक राजेश शाहीले बताए ।

बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरबाट गत पौषमा ९ तोला सुन चोरी भएको थियो