धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कैलालीमा साउन २१ गते सम्म थपियो निषेधाज्ञा, यायायात खुला

कैलालीमा साउन २१ गते सम्म थपियो निषेधाज्ञा, यायायात खुला

धनगढी

कैलालीमा यही साउन २१ गते सम्मका लागि निषेधाज्ञाको समयावधि थपिएको छ ।

सोमबार प्रमुख जिल्ला अहिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यस अघि जारी गरिएयका केही मापदण्डलाई खुकुलो बनाउँदै निषेधाज्ञाको समयावधि लम्ब्याउने निर्णय गरेको हो । नयाँ मापदण्ड अनुसार स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्दै छोटो तथा लामोदरीका यातायातका साधन सञ्चालन गर्न दिइने निर्णय गरेको छ ।

यसैगरी स्वास्थ्य सुरक्षाको पूर्ण पालना गर्दै आयोग तथा विश्व विद्यालयले तोकिएका परिक्षा सञ्चालन गर्न पाइने जनाइएको छ ।