धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

जसपा विवादमा कैलालीका रेशम चौधरी तटस्थ बसे

जसपा विवादमा कैलालीका रेशम चौधरी तटस्थ बसे

 

धनगढी

कैलालीको टीकापुरमा भएको हिंसामा दोसि ठहर्याइएका रेशम चौधरीले निर्वाचन आयोगमा पुगेर कसैलाई पनि सहमति नदिने बताएका छन् ।

जसपाको विवादका कारण कार्यकारिणी समितिमा बहुमत कस्कोछ भनेर पुष्टि गर्न सोमबार रेशम चौधरीलाई आयोगमा पु¥याइएको थियो । आयोगमा पुगेर चौधरीले आफु पार्टी एकताको पक्षमा रहेको भन्दै कुनै पनि समुहलाई समर्थन नगर्ने बताएका हुन् ।

निर्वाचन आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि डाकेपछि डिल्लीबजार कारागारमा रहेका चौधरी कडा सुरक्षाबीच आयोगमा उपस्थित भएका हुन् । आयोग पुगे पनि उनले कुनै पनि पक्षमा हस्ताक्षर गरेनन् ।

पार्टी एकताका लागि आफू तटस्थ बसेको उनले सुनाए । आपसी वैमनस्य समाधानका लागि आफू आयोगमा आएको बताए ।

निर्वाचन आयोगले सोमबार जसपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो लगाउँदैछ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको थियो। इजलासले साउन ७ गते कानुनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो ।

सोहीअनुरुप जसपाका  नेताहरु निर्वाचन आयोग पुगेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले त्यसलाई रोक्न आग्रह गर्दै आयोगमा दिएको निवेदन अस्वीकार गरेको छ ।