धनगढी पोष्ट
सोमबार, ११ साउन २०७८ मा प्रकाशित
धनगढी
बझाङमा अज्ञात समूहले सहकारी संस्थाको जीपमा आगजनी गरेको छ ।
आइतबार राति जयपृथ्वी नगरपालिका ६ नौरामा रहेको आमधारा नौरा कृषि सहकारी संस्थाको जीपमा अज्ञात समूहले आगजनी गरेको वडाध्यक्ष नरेन्द्र सिंहले बताए ।
गाउँमै पार्किङ गरी राखेको अवस्थामा म १ च ७८३ नम्बरको जीपको अगाडीको सिसा फूटाएर पार्किङ गरेको ठाँउबाट २० मिटर अगाडी ल्याएर आगजानी गरिएको उनले बताए ।
जीपमा आगजानी कसले गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए ।