धनगढी पोष्ट सोमबार, १२ साउन २०८२   July 28, 2025

सुदूरपश्चिममा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपशिचम प्रदेशमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको एन्टिजेन परिक्षणमा १५ र पिसिआर परिक्षणमा ५१ गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । निर्देशनालयका अनुसार सोमबार ४ सय ५० जनाको एन्टिजेन विधिबाट र ३ सय ४५ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४४ हजार ९ सय पुगेको छ ।

यस्तै सोमबार २४ जना कोरोना संक्रमण मुक्त भएर घर गएका छन् । सोमबार निको भएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण निकोहुनेको संख्या ४४ हजार ८३ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । सुदूरपश्चिम प्रदेशका हाल सम्म कोरोनाका कारण ५ सय ७६ जनाको मृत्यु भएको स्वास्थय निर्देशनालय डोटीले जनाएको छ ।