धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कोरोना खोप लगाउनेको नाम घरमै पुगेर दर्ता गरिंदै

कोरोना खोप लगाउनेको नाम घरमै पुगेर दर्ता गरिंदै

धनगढी

धनगढी उपमहानगरपालिकाले नगर भित्र कोभिड खोप लगाउने कार्यलाई ब्यबस्थीत गर्न घरघरमा गएर नाम दर्ता गर्न थालेको छ ।

अनलाईन नामदर्ताका लागि उपमहानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरेको छ ।

कोभिड खोप लगाउनबाट कोहि बन्चीत नहुन भनेर घरमै पुगेर १८ बर्ष भन्दा माथीका ब्यक्तिहरुको नामदर्ता सुरु गरेका छौ धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने,–‘नामदर्ता पछि खोप लगाउने कार्य पनि ब्यबस्थीत हुने छ । धनगढी उपमहानगरपालिकाले साउन ६ गतेबाट घरघरमा पुगेर अनलाईन नामदर्ता अभियान सुरु गरेको थियो । नाम दर्ता गराउने अभियानमा ४० जना यूवा स्वयंसेवक खटाइएको मेयर वटले बताए ।

श्रावण मसान्त सम्म धनगढी उपमहानगरपालिकाले १ लाख ५० हजार जनाको नामदर्ता गरिसक्ने लक्ष्य लिएको बताईएको छ । वडाहरुका साथै जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला मालपोत, सेती प्रादेशीक अस्पताल, धनगढी उपमहानगरपालिका परिसर र धनगढी चौराहामा समेत अनलाईन नाम दर्ताका लागि स्वयंसेवक खटिएका छन् ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले अनलाईन नामदर्ताका लागि खटिएका स्वयंसेवकहरुलाई आफ्नो विवरण सहयोग गर्न नगरवासीमा अनुरोध गरिन । अनलाईन नामदर्ता अभियानका संयोजक प्रेम ढुंगानाले धनगढी उपमहानगरपालिकाबासीले अभियानलाई अवसरको रुपमा लिनुपर्ने बताए ।