धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

सेतीको परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार मंगलबार अस्पतालमा १ सय २१ जनाको स्वाव परिक्षण गरिएको थियो ।

जसमा ४ महिला र ८ पुरुष गरी १२ जनामा संक्रमण पुष्टिभएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिकाका ७ जना, धनगढी बाहिर कैलालीका ३ जना र अन्य जिल्लाका २ जना रहेका छन् । मंगलबार ३ जना संक्रमण मुक्तभएर घर गएका छन् ।


ट्रेन्डिङ