सेतीको परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार मंगलबार अस्पतालमा १ सय २१ जनाको स्वाव परिक्षण गरिएको थियो ।

जसमा ४ महिला र ८ पुरुष गरी १२ जनामा संक्रमण पुष्टिभएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ७ जना, धनगढी बाहिर कैलालीका ३ जना र अन्य जिल्लाका २ जना रहेका छन् । मंगलबार ३ जना संक्रमण मुक्तभएर घर गएका छन् ।