धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

रिपोर्ट  आउन ढिलाइ भएपछि बैतडीमा नयाँ स्वाब संकलन रोकियो

धनगढी,

  कोरोना परिक्षणका लागि पठाइएको स्वावको नतिजा आउन ढिलाई भएपछि  सुदूरपश्चिम प्रदेशको बैतडीका पालिकाहरुले तीन दिन देखि नयाँ स्वाव संकलन गर्न रोकेका छन् । स्वाब पठाएको दश दिन भैसक्दा पनि अझै रिपोर्ट नआएको  भन्दै पालिकाहरुले नयाँ स्वाब संकलन रोकेका हुन् 

  स्वास्थ्य कार्यालय  बैतडीका सूचना अधिकारी भुवन जोशीका अनुसार पुरानै स्वावको रिपार्ट नआएपछि स्थानीय तहले नयाँ स्वाव संकलन नगरेका हुन् । बैतडीमा असार १ गते पछि संकलन भएका स्वावको रिपोर्ट नआएको उनले बताए ।

   ‘धेरै स्थानीय तहले आरडिटीबाट क्वारेन्टिनमा बसेका नागरिकको स्वास्थ्य परिक्षण गरी घर पठाउने गरेका छन् उनले भने– ‘रिपोर्ट आउन ढिलाई भएपछि स्वाव संकलन गरेका नागरिकलाई पनि रिपोर्ट नआउँदे घर पठाउनुपर्ने बाध्यता छ ।

 हालसम्म जिल्लाका ९ हजार बढी नागरिकको  आरडिटी परिक्षण गरिएकोमा १ हजार ५ सय बढी नागरिकको आरडीटी पोजेटिभ देखिएको उनले बताए । अहिलेसम्म बैतडीका १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएकामा ७ सय जनाका रिपोट आउन बाँकी रहेको सूचना अधिकारी जोशीले बताए । बैतडीबाट हालसम्म १३ हजार बढी स्वाव संकलन भएका छन् ।