धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कांग्रेसले सुदूरपश्चिममामा बनायो ७४ हजार बढी क्रियाशिल सदस्य

कांग्रेसले सुदूरपश्चिममामा बनायो ७४ हजार बढी क्रियाशिल सदस्य

धनगढी

नेपाली कांग्रेसले सुदूरपशिचम प्रदेशमा ७४ हजार ७ सय ५६ जना क्रियाशिल सदस्य बनाएको छ ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन अनुसार देशभर आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य रहेका छन् ।

ती क्रियाशिल सदस्य मध्य चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ । चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य रहेको र उनिहरुको सदस्यता नविकरण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कांग्रेसले वितरण गरेको क्रियाशिल सदस्यमा बागमति प्रदेशमा धेरै क्रियासशल सदस्य बनेका छन् । बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, जना क्रियाशिल सदस्य बनेका छन् ।

यसैगरी प्रदेश नम्बर १ मा एक लाख ७४ हजार सात सय ८२ जना क्रियाशील छन् । प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९ सय ४६, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६ सय ३३ जना, लुम्बिनी प्रदेशमा एक लाख ३० हजार ८ सय ८५, कर्णाली प्रदेशमा ५४ हजार ५ सय ६६ जना क्रियाशिल सदस्य बनेका छन् ।

कांग्रेसले विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील अझै टुंगिएका छैनन् । यो टुंगिएपछि क्रियाशीलको संख्या झन्डै एक लाख थपिनेछ । १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको हो । जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर छ । त्यसबेला कांग्रेसका चार लाख ८० हजार मात्रै क्रियाशील थिए ।

क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन् । उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउँछन् ।

प्रतिवेदनअनुसार कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील छन् भने महिला एक लाख ९९ हजार ९७ जना छन् । अन्यतर्फ भने १ सय ७६ जना छन् ।