धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

धनगढीका १७ हजार ५ सय जनालाई भेरोसेल खोप लगाउन सुरु

धनगढीका १७ हजार ५ सय जनालाई भेरोसेल खोप लगाउन सुरु

धनगढी

धनगढी उपमहानगरपालिकाले आज देखी नगरका कोरोना विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको ।

नगरका २२ स्थानमा २६ केन्द्र बनाएर खोप लगाउन सुरु गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरिक्षक लक्ष्मीप्र उपाध्यायले बताए ।

उनका अनुसार तीन दिन सम्म सञ्चालन हुने खोप अभियानमा १७ हजार ५ सय नागरिकलाई कोरोना खोप लगाइनेछ ।

जसमध्य ६ हजार नागरिकलाई दोश्रो चरणको खोप दिइनेछ । यस अघि धनगढी उपमहानगरपालिकाका १७ देखी १८ हजार नागरिकले कोरोना विरुद्धको भेरोसेल र कोभिसिल्डको दुई वटै डोज खोप लगाइसकेका छन् ।

स्वास्थ्य निरिक्षक उपाध्यायका अनुसार १८ गते देखी अमेरिकन सरकारले उपलब्ध गराएको जोनसोन एण्ड जोनसन खोप लगाउन सुर गरिने छ ।

आज देखी सुरु भएको कोरोना विरुद्धको खोप लगाउन ५५ वर्षमाथिका नागरिक, शिक्षककर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप प्राथमिकता दिएको छ ।

  खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविद्यालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बरसहितको तथ्यगत विवरण प्रमाणीत गरेको यातायात व्यवसायी संघको आधिकारीक प्रमाणपत्र लगेर जानुपर्ने छ ।

यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरुले पासपोर्ट र भिसा देखाएर खोपको मात्रा प्राप्त गर्न सक्नेछन् । सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि आजदेखि खोप लगाइनेछ ।