धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

उपेन्द्र यादव पक्षतिर लागे रेशम चौधरी

आधिकारिकता पाएको ३ दिनपछि चौधरीले फोन मार्फत उपेन्द्र पक्षमा भएको जानकारी गराएका हुन् ।

उपेन्द्र यादव पक्षतिर लागे रेशम चौधरी
रेशम चौधरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसाद (जेलमा रहेका) रेशम चौधरी उपेन्द्र यादव पक्षतिर खुलेका छन् ।

पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुंग्याउन निर्वाचन आयोगले सोमबार (साउन ११ गते) कार्णकारिणी सदस्यहरुको सनाखत गर्दा चौधरी तटस्थ बसेका थिए ।

सोमबारै निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने फैसला सुनाएको थियो । आधिकारिकता पाएको ३ दिनपछि चौधरीले फोन मार्फत उपेन्द्र पक्षमा भएको जानकारी गराएका हुन् ।

डिल्लीबजार कारगारमा कैद भुक्तान गरिरहेका चौधरीले फोन मार्फत आफ्नो कित्ता स्पष्ट पारेको जसपा नेता डम्बर खतिवडाले बताए ।

कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरी टीकापुर घटनाको आरोपमा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएपछि डिल्लीबजारको कारागारमा रहेका छन् ।  चौधरी फरार रहेकै बेला निर्वाचन लडेर उच्च मतका साथ बिजयी भएका थिए ।

चौधरीले उपेन्द्रतिर खुलेको जानकारी गराएपछि उनको कार्यकारिणी सदस्य र सांसद पद सुरक्षित भएको हो ।

चौधरी समेत खुलेपछि जसपाको उपेन्द्र पक्षमा ३५ जना कार्यकारिणी सदस्य, २३ जना प्रतिनिधि सभा सदस्य (सांसद) पुगेका छन् ।

जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुर सहित १६ जना कार्यकरिणी सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् ।