धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

पुर्चौंडीमा नगरपालिका र वडामा तालावन्दि

पुर्चौंडीमा नगरपालिका र वडामा तालावन्दि

धनगढी

नेपाल सरकारले निर्धारण गरेको तलब उपलब्ध नगराएको भन्दै बैतडीको पुचौंडी नगरपालिकाको कार्यालय संगै सवै (१० वटा ) वडामा ताला वन्दि गरिएको छ ।

नेपाल सरकारले बजेट घोषणामै बाल बिकास सहजकर्ताको मासिक पारिश्रमिक १५ हजार पु¥याउने घोषणा गरेका भएपनि पचौंडी नगरपालिकाले सरकारको घोषणा कार्यान्वयन नगरेकाले तालावन्दि गर्नुपरेको सहजकर्ताले जनाएका छन् ।

नेपाल सरकारले प्रदान गर्ने भनिएको पारिश्रमिक हामीलाई चाहिन्छ लटिनाथ आधारभूत सलेलीगाउँमा कार्यरत बालविकास सहजकर्ता द्रोपती खत्रीले भनिन्–‘माग परा नगरे हामी तालावन्दिलाई यथावत राख्नेछौं ।

सरकारले घोषणा गरेको सेवा सुविधा कार्यान्वयन गर्न आफुहरुले  पटकपटक नगरपालिका प्रशासनलाई दवाद दिएको भएपनि माग पुरा नभएपछि तालावन्दिमा उत्रनुपरेको उनले बतान् ।

सहजकर्ताले तालावन्दि गरेपनि उनिहरुका माग सुनुवाई गर्ने बारेमा हाल सम्म छलफल भएको छैन । पचौंडी नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमका अनुसार अहिले नगरप्रमुख संगै उपप्रमुख काम विशेषले काठमाण्डौं गएका छन्, भने कार्यालय प्रमुख पनि विदामा धनगढी छन् । जसका कारण आन्दोलनकारीका मागमा छलफल समेत नभएको उपप्रमुख ऐरले बताइन् ।

उनले आफुहरु काठमाण्डौंबाट फर्केलगत्तै शिक्षक सहजकर्ताका मागमा छलफल गर्ने बताइन् । तत्कालका लागि कार्यालयमा लगाइएको ताला खोल्न हामीले आग्रह गरेका छौं उनले भनिन्–‘हामि काठमाण्डौंबाट फर्केपछि सो बिषयमा छलफल गर्नेछौं । विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको मागका बिषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने उनले बताइन् ।

नगरपालिकाले चालु आर्थिक बर्षमा २ हजारका दरले बालविकास सहजकर्ताको तलब बढाउने निर्णय गरेको उनले बताइन् ।

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिकाले माग पूरा नगर्दा सम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् । पुर्चौंडी नगरपालिकामा १ सय १५ जना बालविकास सहजकर्ता र विद्यालय कर्मचारी रहेका छन् ।