सीमा नाकामा सुरक्षाकर्मीबाट महिलामाथि दुव्यर्वहार

सीमा नाकामा सुरक्षाकर्मीबाट महिलामाथि दुव्यर्वहार

धनगढी

भातबाट साईकलमा नेपाल तर्फ फर्कदै गरेकी महिला माथी कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा सशस्त्र प्रहरीले दुव्र्यवहार गरेको छ । भारतबाट नेपाल फर्किने क्रममा सीमामा खटिएका नेपाली सुरक्षाकर्मीबाटै महिलामाथि दुर्व्यवहार भएको हो ।

साउन १३ गते गड्डाचौकी पिल्लर नम्बर सात नजिकै सीमामा खटिएका एक शसस्त्र प्रहरी जवानले भीमदत्त नगरपालिका १० की एक महिलामाथि दुर्व्यवहार गरेका हुन् ।

साईकल मर्मत गर्नका लागि बनवासा जादै गर्दा महिलाले आफूमाथि दुव्र्यवहार भएको बताएकी छन् । आफूले बोकेको झोला खोसेर साईकल लछारपछार गर्दै दुर्व्यवहार गरेको उनले बताईन् ।

यता सीमामा खटिएका प्रहरीले महिलाले साईकल क्यारिङ गर्न गईरहेको बताएको तर, हाल साईकलमा क्यारिङ गर्न बन्द गरिएकाले उनलाई सम्झाउन खाज्दा त्यस्तो घटना भएको बताएको छ । दुर्व्यवहार भने नभएको प्रहरीको भनाई छ ।