धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

सेतीको परिक्षणमा २८ जनामा कोरोना संक्रमण

सेतीको परिक्षणमा  २८ जनामा कोरोना संक्रमण

धनगढी

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २८ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा गरिएको १ सय २१ जनाको स्वावको नमूना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार बिहीबार अस्पतालबाट ५ जना संक्रमित निको भएर घर गएका छन् ।

हाल अस्पतालमा २१ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ ।