धनगढी पोष्ट
बिहिबार, १४ साउन २०७८ मा प्रकाशित
धनगढी
अबैध रुपमा भित्र्याउँदै गरेको पौने ३ किलो चिनी कञ्चनपुरमा बरामद गरिएको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको हो ।
उनको घरबाट ४२ क्वीन्टल चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।