धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बैतडीमा साउन १७ देखि भेरोसेल खोप लगाइने

बैतडीमा साउन १७ देखि भेरोसेल खोप लगाइने

धनगढी

चिन सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप सुदूरपश्च्मिको बैतडीमा साउन १७ गते देखी लगाउन सुरु गरिने भएको छ ।

प्रदेश सरकार बाट उपलब्ध १८ हजार खोप हरेक पालिकामा पठाइएको र सरकारी मापदण्डमा पर्ने नागरिकलाई खोप लगाउन आग्ह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए ।

स्वास्थ्य कार्यालय बैतडीले प्रकाशन गरेको खोप तालिका अनुसार साउन १७ देखी २१ गते सम्म खोप लगाइने छ ।

खोप लगाउन सहज होस् भन्ने उद्देश्यले हरेक स्थानीय तहका वडा वडामा खोप केन्द्र स्थापना गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । तर बढी जनसंख्या भएका वडामा आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी बताए ।

खोप लगाउन प्राथमिकताका आधारमा ५५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिक, विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापकहरु, कर्मचारी, सवारी साधनका चालक र सहचालक पर्ने छन् । खोप लगाउन तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

खोप अभियान अन्तर्गत साउन १७ र १८ गते पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप दिइने छ । यस्तै साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

यसैगरी साउन २० र २१ गते पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले बताए ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार यस अघि सञ्चालन भएको खोप अभियानमा ३ हजार ४ सय ७३ जनाले कोभीशील्डको दुवै मात्रा लगाएका छन् । यसैगरी १२ हजार ९ सय ५३ जनाले कोभिसिल्डको पहिलो खोप मात्रै लगाएका छन् । भेरोसेल खोमा ३ हजार ५४ जनादे दुवै खोप लगाएका छन् ।