धनगढी पोष्ट
शुक्रबार, १५ साउन २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा शुक्रवार गरिएको परिक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा १ शय १८ नमुनाको परिक्षण गरिएको थियो ।
सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोरोना संक्रमित २२ जनाको उपचार भैरहेको छ । अस्पतालमा रहेका मध्य ५ जनाको आइसीयुको सहयोगमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित २ जना अस्पतालमा भर्ना भएका छन् भने १ जना निको भएर घर फर्किएका छन् ।