धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

कबडहलमा खोप लगाउनेको भिड

कबडहलमा खोप लगाउनेको भिड

धनगढी

कोरोना विरुद्धको खोप लगाउने केन्द्र धनगढी स्थित कबडहलमा मात्रै तोक्दा खोप लगाउन जानेको ठुलो भिड लागेको छ ।

खोप लगाउन एकै ठाउँमा धेरै मानिस आउँदा प्रहरीलाई लाईन व्यवस्थितगर्न कठिनाई भएको छ । खोप लगाउन आएको भिड अनियन्त्रित हुँदै मानिसहरु गेट माथी चढ्नथालेपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो ।

धनगढीका १९ वडाबाट १३ गतेदेखि पहिलो डोज लगाउन सुरु गरिएको भेरोसेल खोप शुक्रबार कबडहलमा मात्रै लगाउन थालिएको हो । कवर्ड हलभित्र खोप लगाउन सुरु भएसंगै पार्क मोडदेखि नै लाइन सुरु भएको छ ।

धनगढी उप–महानगरपालिकाका अनलाईन नाम दर्ता अभियान संयोजक प्रेम ढुंगानाका अनुसार आज (शुक्रबार) ५ सय जनालाई खोप लगाइनेछ ।


ट्रेन्डिङ