धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
धनगढी उपमहानगरको पाँचौ नगरसभा

आगामी बर्षको बजेट साढे १ अर्ब भन्दा बढी

आगामी बर्षको बजेट साढे १ अर्ब भन्दा बढी

धनगढी

 धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका  लागि  साढे १ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । उपमहानगरले आर्थिक बर्ष २०७७÷०७८ का लागि १अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट बुधबारको नगर सभामा सार्बजनिक गरेको हो ।

    धनगढी स्थित ओम प्यालेसमा आयोजित पाँचौं नगर सभामा उपमहानगरपालिकाकी उपप्रमुख शुसिला मिश्र भट्टले उपमहानगरको आगामी बर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट अनुसार चालु खर्च तर्फ ८५ करोड र पूजीगत खर्च तर्फ ७८ करोड ८२ लाख रहेको छ ।

      बजेटमा आय तर्फ आन्तरीक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, बित्तिय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।

      बजेटमा कोभिड१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्रौथमिकतामा राखिएको छ ।

    यसैगरी आगामी बर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ । पाँचौ नगरसभा उपमहानगरपालिकाका  प्रमुख नृप बहादुर वडको सभापतित्वमा संचालन भएको हो ।