मज्दुर संगठननै खोप लगाउन रोक्दै

मज्दुर संगठननै खोप लगाउन रोक्दै

धनगढी

धनगढीमा निशुल्क प्रदान भइरहेको कोरोना विरुद्धको भेरोसेल खोपमा यातायात मज्दुर संगठनलाई भने शर्त त्यस्र्याएर खोपबाट बञ्चित गराइन थालेको छ ।

यातायात मज्दुरलाई सवारी चालक अनुमति पत्र वा यातायात प्रालिले दिएको सिफारिषका आधारमा खोपमा प्राथमिकता दिने सरकारले घोषणा गरेको थियो । तर नेपाल यातायात स्वतन्त्र मज्दुर संगठनले भने आफ्नो संगठनको सदस्यता लिएका मज्दुरलाई मात्रै खोपमा सहभागि हुन दिएको छ ।

म संग सवारी चालक अनुमति पत्र छ, ६ बर्ष देखी सार्वजनिक बस पनि चलाउँदै आएको छु सवारीचालक सहदेव सिंहले भने–‘खोप लगाउन जाँदा मज्दुर संगठनको सदस्यता मागे छैन भन्दा खोप लगाउन दिइएन ।

उनले खोप लगाउन जाने मज्दुरलाई स्वतन्त्र यातायात मज्दुर संगठनले सदस्यता दिलाउने नाममा पैशा असुली गर्र्नथालेको बताए । यातायात मज्दुरलाई सदस्यता नभएको भन्दै फर्काउने संगठनले बाहिरका व्यक्तिाई जथाभावि सदस्यता बाँडेर खोप लगाउन दिएकोछ उनले भने–‘हामी जस्ता यातायातमा काम गर्ने मज्दुर खोप बाट बञ्चित भएका छौं ।

नेपाल यातायात स्वतन्त्र मज्दुर संगठनले खोपका नाममा पैशा असुली गर्नथालेको उनको आरोप छ । सदस्यता नभएका चालकलाई १ सय देखी ३ सय सम्म पैशा असुली गरेर जबरजस्ती सदस्यता दिलाइन थालेको छ उनले भने–‘सरकारले निशुल्क खोप दिने भनेर गरेको निर्णयलाई लत्याउने काम भएको छ ।

नेपाल यातायात स्वतन्त्र मज्दुर संगठनका सदस्य पुष्कर थापाले भने सवारी चालक अनुमति पत्र प्राप्त गरेका चालकलाई खोप लगाउत बाट बञ्चित नगराइएको दावी गरे ।

सार्वजनिक यातायातमा काम गर्ने तर केही प्रमाण नभएका मज्दुरलाई हामीले सदस्यता दिएर खोप लगाउन सहजिकरण गरेका हौं उनले भने–‘लाइसेन्स भएका मज्दुरलाई सोझै खोप लगाउन दिइएको छ ।