धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

१२ ग्राम खैरो हिरोइन सहित भारतीय नागरिक पक्राउ

१२ ग्राम खैरो हिरोइन सहित भारतीय नागरिक पक्राउ

धनगढी

कैलालीको भजनी नगरपालिकाबाट १२ ग्राम ६ सय ३० मिलिग्राम खैरो हिरोइन सहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको भजनी नगरपालिका५ कौवाखेडा घाट हुँदै नेपाल आउँदै गरेका भारतको लखिमपुर घर भएका २५ बर्षे जितेन्द्र सिंहबाट सो परिणामको खैरो हिरोइन बरामद गरिएको हो ।

साथै उनले चलाएको यूपि ३१ एफ ८१६७ नम्बरको माटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । पक्राउ परेका सिंहमाथी थप अनुसन्धान भइरहेको प्रबक्ता विष्टले बताए ।