धनगढी पोष्ट शुक्रबार, १८ पुष २०८२   January 2, 2026

एउटै परिवार सवार स्कारपियो कर्णालीमा खस्यो, श्रीमान श्रीमति वेपत्ता

एउटै परिवार सवार स्कारपियो कर्णालीमा खस्यो, श्रीमान श्रीमति वेपत्ता

धनगढी

एउटै परिवारका पााच जना सदस्य सवार रहेको स्कारपियो कैलालीको कर्णाली नदीमा खस्दा २ जना गम्भिर घाईते भएका छन् भने दुई जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएका हुन् ।

कैलालीको चिसपानी देखी सोल्टा जाने क्रममा मोहन्याल गाउँपालिका७ मा स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव निरिक्षक प्रतिक विष्टले बताए ।

उनका अनुसार स्कारपियोको नम्बर खुलेको छैन । स्कारपियो व्याक गर्ने वेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी वेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका बस्ने सवारी चालक चन्दप्रकाश जोशी उनकी श्रीमति रुपि जोशी रहेका छन् ।

यसैगरी चालक जोशीका छोरा अन्दाजी ३÷४ बर्षे भुवन जोशी र ४÷५ बर्षकी छोरी सविता जोशी गम्भिर घाइते भएका प्रहरी प्रबक्ता विष्टले बताए । दुर्घटनामा परी अन्दाजी १२ बर्षकी लक्ष्मि जोशी सामान्य घाइते भएकिछन् ।