धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गर्न भीमरावलको माग

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गर्न भीमरावलको माग

धनगढी

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संग जोडिएका सवै सम्झौता संसदमा पेश गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलमा रहेका एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै उनले भने– ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता यहाँ पेश गरियोस् ।

रावलले सम्झौतामा भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई गरिने सम्झौता राष्ट्रघाती हुने बताए ।