धनगढी पोष्ट
शुक्रबार, १५ साउन २०७८ मा प्रकाशित
धनगढी
कैलालीको भजनीमा नुहाउन गएका दुई बालबालिकोको नदीमा डुवेर मृत्यु भएको छ, भने एक जना वेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज प्रहरी निरिक्षक नरबहादुर साउँदका अनुसार भजनी नगरपालिका–९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको हो भने एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा धनबहादुर सिंहकी नौ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल चौधरीकी सात वर्षीया छोरी जेनी चौधरी छन् ।
६ वर्षीया अनु सिंहको खोजी भइरहेको इन्चार्ज साउँदले बताए । घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा साँझ तिर घटना भएको र घटनाको थप विवरण आउन बाँकी रहेको इन्चार्ज साउँदले बताए ।