धनगढी पोष्ट
शुक्रबार, १५ साउन २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशका थप ४३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार शुक्रबार एन्टिजेन विधिबाट गरिएको परिक्षण गर्दा ८ जना तथा पिसिआर परिक्षणमा ३५ गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार ५ सय ९ जनाको एन्टिजेन बिधिबाट र १ सय ५२ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो ।
शुक्रबार संक्रमण पुष्टि भएको संख्या संगै सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार ६७ पुगेको छ । संक्रमण पुष्टि भएका मध्य ४४ हजार १ सय ६९ जना निकोभएर घर गएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार २४ जना कोरोना संक्रमण निकोभएर घर गएका छन् । हाल सम्म सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमणका कारण ५ सय ७६ जनाको मृत्यु भएको छ । शुक्रबार सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्युहनेको संख्या शुन्य छ ।