धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

गोदावरी नगरपरिषद काग्रेस समर्थित जनप्रतिनिधिद्धारा बहिष्कार

गोदावरी नगरपरिषद काग्रेस समर्थित जनप्रतिनिधिद्धारा बहिष्कार

धनगढी

   गोदावरी नगरपालिकाको पाँचौ नगरपरिषद नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिहरुले बहिष्कार गरेका छन् नीतिगत रुपममा योजना छनौट बितरणको आधार तयार नगरिएको, डल्लो बजेट बढी छुट्याइएको भन्दै उद्घाटन शत्र सकिएपछि शुरु भएको बन्दशत्र काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका हुन्

  ६२ सदस्यीय नगरपरिषदमा काँग्रेसबाट निर्वाचित २९ सदस्य छन्

     परिषदमा स्पष्ट रुपमा कुरा नल्याउने तर पछि बजेट आफु अनुकुल बितरण गर्ने काम नहोस् भन्ने स्पष्टता खोजेर बन्द शत्र बहिष्कार गरेको नगर कार्यपालिका सदस्य एवम वडा नम्बर  का अध्यक्ष बीर बहादुर चोखालले बताए

   ‘भुगोल, जनसंख्या राजश्व संकलनको मापदण्डका आधारमा बजेट बितरणको स्पष्ट नीति बनाइनु पर्छ भन्ने हाम्रो माग हो  कार्यपालिका सदस्य चोखालले भने  ‘तर ती कुरामा हुन्छ हुन्छ भन्ने तर पेलेर अघि जान लागेपछि हामीले बहिष्कार गरेका हौं

  नगरपरिषदमा नया बर्षका बजेटको बारेमा मात्र छलफल गर्ने तर चालु आर्थिक बर्षका योजना निर्माण तिनको कार्यान्वयनका   बारेमा छलफल नै गर्न नचाहेका कारण पनि बहिष्कार गर्न बाध्य भएको चोखालले बताए

  अहिले योजना निर्माणका स्पष्ट आधार तयार नपारेर आफु खुशी बितरण गर्न मेयर, उपमेयर प्रमुख प्रशासकीय अधिकृतको योजना रहेकोले पनि बहिष्कार गरिएको चोखालले बताए

 यसअघि मगलबार भएको नगर कार्यपालिकाको बैठक समेत काँग्रेसबाट निर्वाचित सदस्यहरुले बहिष्कार गरेका थिए बहिष्कारपछि बहुमतका आधारमा गोदावरी नगरपाकिाको नीति तथा कार्यक्रम कार्यपालिको  बैठकले पारित गरेको थियो  

  गोदावरी नगरपालिकाको पाँचौ नगरपारिषदमा आगामी आर्थक बर्ष २०७७।२०७८को ९८ करोको बजेट पेश गरिएको