धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

सेतीको परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशलामा १ सय २९ जनाको पिसिआर परिक्षाण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार शनिबार अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमण निकोभएर घर गएका छन् भने ६ जना आईसियुमा भर्नाभएका छन् ।

हाल सम्म सेती प्रादेशिक अस्पतालमा १ लाख ९ हजार ६ सय ७९ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य १९ हजार ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएकोछ ।