धनगढी पोष्ट शनिबार, १३ असार २०८३   June 27, 2026

दार्चुला तुइन घटनाको छानबिन गर्न कांग्रेस नेता बडुको माग

दार्चुला तुइन घटनाको छानबिन गर्न कांग्रेस नेता बडुको माग

धनगढी

नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले दार्चुलाको व्यवसमा भएको तुईन घटनाको सत्यतथ्य छानविन गर्न गृहमन्त्री समक्ष माग गरेका छन् ।

दार्चुलाको व्यास गाउँपालिका २ राप्लाको मालघाटमा स्थानीय जय सिह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएको र सो घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन उनले माग गरेका हुन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटेर धामी नदीमा बेपत्ता भएको बताईएको छ ।

पूर्व राज्यमन्त्रीसमेत रहेका बडुले घटनाबारे गृहमन्त्री बालकृष्ण खाँडलाई जानकारी दिएर छानबिन समिति गठन गरेको बताएका छन् । यस्तै उनले सरकारलाई छानबिन गरी दोषीलाई कारवाही गर्न र धामीका परिवारलाई क्षतिपूर्ति दिन समेत नेता बडुले माग गरेका छन् ।