धनगढी पोष्ट
शनिबार, १६ साउन २०७८ मा प्रकाशित
धनगढी
नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले दार्चुलाको व्यवसमा भएको तुईन घटनाको सत्यतथ्य छानविन गर्न गृहमन्त्री समक्ष माग गरेका छन् ।
दार्चुलाको व्यास गाउँपालिका २ राप्लाको मालघाटमा स्थानीय जय सिह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएको र सो घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन उनले माग गरेका हुन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटेर धामी नदीमा बेपत्ता भएको बताईएको छ ।
पूर्व राज्यमन्त्रीसमेत रहेका बडुले घटनाबारे गृहमन्त्री बालकृष्ण खाँडलाई जानकारी दिएर छानबिन समिति गठन गरेको बताएका छन् । यस्तै उनले सरकारलाई छानबिन गरी दोषीलाई कारवाही गर्न र धामीका परिवारलाई क्षतिपूर्ति दिन समेत नेता बडुले माग गरेका छन् ।