धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

सुदूरपश्चिम प्रदेशका ४८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका ४८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपशिचम प्रदेशका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार शनिबार प्रदेशभर एनिटजेन परिक्षणमा ८ र पिसिआर परिक्षणमा ४० गरी ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार ५ सय ७१ जनाको एन्टिजेन विधिबाट र १ सय ४८ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यो संगै सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार १ सय १५ पुगेको छ । संक्रमित मध्य ४४ हजार २ सय ९६ जना निको भएर घर गएका छन् । स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार शनिबार ५४ जना कोरोना संक्रमण निको भएर घर गएका छन् । शनिबार कोरोनाबाट हुने मृत्युदर शुन्य रहेको निर्देशनालयले जनाएको छ ।