कृष्णपुरमा अव्यवस्थित बसोबासीको जग्गा नापी सुरु

कृष्णपुरमा अव्यवस्थित बसोबासीको जग्गा नापी सुरु
file photo

धनगढी

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भूमी आयोगले अव्यवस्थित बसोबासीको जग्गा नापीको कार्य सुरु भएको छ ।

यस अघि भूमी आयोगमा १५ हजार ३ सय ४ जनाले पूर्जा प्राप्तिका लागि आवेदन दिएका थिए । सोही आवेदनका आधारमा जग्गा नापि थालिएको भूमी आयोगले जनाएको छ ।

नगरपालिको वडा नम्बर ४ मालुवेलाबाट जग्गा नापी सुरु गरिएको जनाइएको छ । जग्गा नापीका लागि कन्ट्रोल प्वाइन्ट राखेर काम अगाडि बढाइएको हो ।

भूमि आयोग र कृष्णपुर नगरपालिकाबीच जग्गाधनी पूर्जा उपलब्ध गराउनेबारे २०७७ कात्तिक २७ गते सम्झौता भएको थियो ।

सम्झौताबमोजिम नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी १५ हजार ३०४ जनाको लगत लिइएको छ ।

जसमध्ये भूमिहीन दलित ५७, भूमिहीन सुकुम्बासी १३६ र अव्यवस्थित बसोवासी १४ हजार ९५५ जनाको लगत संकलन गरिएको छ । आयोगका अनुसार कञ्चनपुरमा ४९ हजार २४ जनाले पूर्जा उपलब्ध गराइदिन भन्दै आयोगमा निवेदन दिएका थिए ।