धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

महाकालीमा लगाएको तुईन यस अघि पनि काट्थ्यो एसएबि

महाकालीमा लगाएको तुईन यस अघि पनि काट्थ्यो एसएबि

धनगढी

दार्चुलाको व्यास गाउँपालिका२ राप्लाका स्थानीयका जयसिंह धामी तुईन तर्दै गर्दा भारतीय एसएसबिले तार काटेर नदीमा बगाएको घटानाले अहिले जताततै सनसनी मचाएको छ ।

तुईनमा यात्रा गरिरहेकैवेला डोरी काटेर मानिसलाई जिउँदै नदीमा बगाउनु प्रहरीको अमानविय व्यवहार हो । सो स्थानमा भारतीय प्रहरीले यस अघि पनि पटकपटक तुईन काट्ने गरेको राप्लाका स्थानीय बताउँछन् ।

नदीमाथी तुईन लगाउनु गैर कानूनी हुने भन्दै भारतीय एसएसबिले यस अघिपनि देख्ने वित्तिकै तुईन काट्ने गरेको थियो व्यास गाउँपालिका२ का वडा अध्यक्ष विरेन्द्र बुढाथोकीले भने–‘स्थानीयले लुकिछिपि तुईन लगाएर महाँकाली तर्ने गरेका थिए, तर प्रहरीले देखे तार काटेर फाल्ने गरेको थियो, शुक्रबार त मान्ेछ भएकैवेला तार काटेर फालेछ ।

उनका अनुसार भारतको गस्कु र व्यासका नागरिले आपसी सहमति गरी प्रहरीको आँखा छल्दै नदीमाथी तुईन लगाउँदै आएका छन् । तर एसएसबिले तुईन लगाउनु गैरकानूनी कार्य हुने भन्दै लगाएको तुईनको तार काट्ने गरेको वडा अध्यक्ष बुढामगरले बताए ।

उनका अनुसार हाल तुईन राखिएको सथानभन्दा १० किलोमिटर टाढा झुलङ्खे पुल जडान गरिएको छ । त्यहाँ सम्म पुग्न २ घण्टा हिड्नुपर्दछ । स्थानीयले सजिलोका लागि लुकिछिपि तुईन लगाएर महाँकाली वारपार गर्नेगरेका छन् ।

वडा अध्यक्ष बुढाथोकीका अनुसार भारतीय जनता र नेपाली जनताको सहमतिमा लुकिछिपि गस्कुको मालघाट मार्गमा तुईन लगाइने गरेको थियो । तर तुईन लगाएको देखेमा भारत र नेपालका सुरक्षाकर्मीले काटेर फालिदिने गरेका थिए । शुक्रबार लगाइएको तुईन पनि सुरक्षाकर्मीको आँखा छलेर लगाइएको थियो । एक्कासी भारतीय सुरक्षाकर्मी आएर मानिस तरिरहेकै अवस्थामा तुईन काटेर फालिदियो ।

नेपाली भूमी प्रयोग गरे २ दिन लाग्छ सदुमुकाम पुग्न

व्यासका स्थानीयलाई आफ्नै जिल्लाको सदरमुकाम पुग्न छोटो मार्ग भनेकै भारतको गस्कु मार्ग हुँदै महाँकालीको मालघाट मार्ग भएर आउनु हो ।

त्यो गर्दा उनिहरु ४ घण्टामा दार्चुला सदरमुकाम खलङ्गा पुग्नसक्दछन् । तर आफ्नै देशको बाटो भएर सदरमुकाम आउन खेजेको खण्डमा भने उनिहरुले २ दिन हिड्नुपर्ने हुन्छ ।

वडा अध्यक्ष बिरेन्द्र बुढाथोकीका  अनुसार सदरमुकाम खलङ्गा पुग्ने मालघाट भएर भारत जाँदै आउने मार्ग स्थानीयको मुख्य बाटोहो । यदी राप्ला हुँदै सदरमुकाम जान थाल्नेहो भने कम्तिमा डेढ दिन सम्म लाग्ने गर्दछ ।

सदरमुकाम बाट केही माथी सम्म सडक ट्राक निर्माण गरिएको भएपनि सुख्खा यामको २÷३ महिना मात्रै मोटर चल्दछ उनले भने–‘त्यो पनि ट्रायाक्टर मात्रै, ट्याक्टरमा चढेर पनि १ दिनत लाग्छनै लाग्छ ।

भारतीयका लागि पनि तुईन अपरिहार्य

मालघाट नेपालका नागरिकको मात्र नभई भारतीय नागरिकका लागि समेत उतिकै महत्वपुर्ण छ । भारतको गस्कुका नागरिकलाई नून देखी औषधी उपचार गर्न दार्चुला सदरमुकाम खलङ्गा आउनु पर्ने बाध्यताछ । त्यसैले नेपाली र भारतीय नागरिकको आपसी मिलोमतोमा महाँकाली माथी तुईन लगाइने गरिनछ ।

यहाँ भारतीय र हामी नेपालीका लागि सानो देखी ठुलो काम पर्दा पनि जानुपर्ने खलङ्गानै हो वडा अध्यक्ष बुढाथोकीले भने–‘नजिक कुनै अर्को बजार छैन ।